Saturday 13th of July 2024

पत्रकारकै घरमा लुटपाट

0 Shares

सिरहा ः सिरहामा गएराति फेरी घरमुलिलाई नियन्त्रणमा लिएर करिव ६ लाख मूल्यवरावरको सामान लुटपाट गरेको छ । धनगढीमाई नगरपालिका ५ तीनकोनीका पत्रकार सन्तोष साहको घरमा डकैति भएको हो ।

६/७ जनाको समूहमा हतियारसहित आएका लुटेरा समूहले घरमा रहेको ४० हजार नगद, ६ थान मोवाईल, एक थान ल्यापटप, डेढतोला सुनको गरगहना, चाँदी लगायतका ६ लाख मूल्य वरावरको सामान लुटेर लगेको प्रहरीले जनाएको छ ।

लुटेराहरूले घरमा प्रवेशगरी साहलाई डोरीले बाँधी घरको सबै जनालाई हतियार देखाएर नियन्त्रणमा लिई एक घण्टाभन्दा बढी समय लगाएर लुटपाट गरेको साहले जनाए ।

उनले लुटेराले दराजको साँचो माग्दा नदिएपछि दराज फुटाएर दराज भित्र रहेको ४० हजार रुपैयाँ नगद र गहना लगेको जनाए । लुटेराहरु भागेपछि छिमेकीकोमा गएर मोवाईलबाट प्रहरीलाई जानकारी गराएको बताए । ईलाका प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लहानका टोली पुगी अनुसन्धान थालिएको थियो । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहामा पछिल्लो पटक हतियार सहितका समूले रातमा लुटपाटगर्ने घटनाबढेको छ । बैशाखदेखि आजसम्म ३ ठाउँमा हतियार धारीसमूहले लुटपाट गरेको छ ।

प्रतिक्रिया