गौशाला नगरपालिकाले बनाउदै गरेको विद्यालयमा कुहिएको रड प्रयोग

गौशाला ः गौशाला नगरपालिकाको कार्यालयद्धारा निर्माण भईरहेको श्रीमावि भेडियाही फुलकाहाको निर्माणाधिन भवनमा कुहिएको रड प्रयोग भएको पाईएको छ । नगर विकास योजनामार्फत निर्माण भईरहेको सो दुईतल्ले भवनमा पुरानो एवम कामै नलाग्ने रडको प्रयोग भएको छ ।

७० लाखको लागतमा निर्माण भईरहेको भवनको सिढी लगायतका स्थानमा जीर्ण रड प्रयोग गरिएको छ । ४ कोठा तल र ४ कोठामाथि गरि ८ वटा भवन निर्माण भईरहेको सो भवन निर्माणको क्रममा अनेकौपटक नगरपालिकाका जनप्रतिनिधी एवम कर्मचारीहरुले अनुगमन गर्दा समेत सोतर्फ कसैको ध्यान पुग्न नसक्दा भवन निर्माणको क्रममा कामै नलाग्ने रडको प्रयोग भएको हो ।

भवन निर्माणको क्रममा रडको अपुग भएपछि तत्कालको समयमा पुरानो रड प्रयोगमा ल्याएको उपभोक्ता समितीका अध्यक्ष रामबाबु यादवले बताउनुभयो ।No description available.

निर्माणस्थलमा रहेको पुरानो एवम कामै नलाग्ने रड अब प्रयोगमा नल्याउने अध्यक्ष यादवको भनाई रहेको छ । गुणस्तरहीन रड केहीमात्रामा भवन निर्माणको क्रममा प्रयोग भएको अध्यक्ष यादवले स्वीकार गर्नुभयो । यस सम्बन्धमा वडा नं.– ६ का वडाअध्यक्ष नथुनी राउतले आ आईन्दा यस्ता गुणस्तरहीन सामग्रीहरु प्रयोगमा नल्याउने प्रतिवद्ध जनाउनुभयो ।

सायद 1 व्यक्ति को तस्बिर हुनसक्छ

आफुले नियमित रुपमा अनुगमन गर्दै आएको र सिढीको संरचना निर्माण गर्ने क्रममा रडको भने प्रयोग भएको वडाअध्यक्ष राउतले बताउनुभयो ।

गाँउमा रहेको सो विद्यालय संचालन गर्नका लागि भौतिक संरचनाको अभाव भएपछि नगरपालिकाको कार्यालयले गाँउभन्दा टाढा चौरीमा सो विद्यालयको नयाँ संरचना निर्माण गरिदैछ ।No description available.

यस सम्बन्धमा आफुलाई जानकारी नभएकोले आफुले यस सम्बन्धमा अनुगमन गरि वास्तविकता पता लगाउने गौशाला नगरपालिकाको ईन्जिनियर प्रवीण सिंहले बताउनुभयो । आफु लकडाउनको समयमा घरमै रहेकोले यस सम्बन्धमा सव ईन्जिनियरसँग जानकारी लिईने ईन्जिनियर सिंहले जानकारी दिनुभयो ।No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार