0
Shares
सर्लाही ः सर्लाहीको बरहथवामा विद्युतीय करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका–१५ पिपराभित्ता स्थित सुकुम्बासी टोल निवासी परिसर सहनिको छोरा १५ वर्षीय रामु सहनीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको हो । आफ्नै घरमा बत्ति जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाइते भएका सहनीलाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल लगिएको छ ।