Friday 12th of July 2024

नाइजेरियामा विमान दुर्घटना, सेनाका प्रमुखसहित ११ जनाको ज्यान गयो

0 Shares

काठमाण्डाै – नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुख लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरुको ज्यान गएको छ ।

उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा उहाँ र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो ।

नाइजेरियामा सैन्य हवाइजहाज दुर्घटनाग्रस्त, विमानमा सवार सबै मारिएको आशङ्का «

मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

५४ वर्षका इब्राहिम अत्ताहिरु गएको जनवरीमा सेनाका प्रमुख बन्नु भएको थियो । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति दु:ख व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया