Friday 12th of July 2024

जिल्ला अस्पताल व्यवस्थितको माग राख्दै युवाहरुद्धारा प्रदर्शन

0 Shares

जलेश्वर ः जलेश्वर अस्पताललाई व्यवस्थित गर्नुपर्ने लगायतका ५ बुँदे माग राख्दै स्थानिय युवाहरुले प्रदेश सरकार बिरुद्ध अस्पतालको मुल गेट अगाडी शनिवार बिहान प्लेकार्ड सहित शांतिपूर्ण प्रदर्शन गरेको हो ।

शनिवार स्थानिय सत्येन्द्र यादवको नेतृत्वमा युवाहरुको एक समुहले अस्पतालका अध्यक्ष सुरेश पाण्डेलाई प्लेकार्ड मार्फत प्रदेश नं.– २ का सरकारलाई ध्यानाकर्षण गराउन प्लेकार्ड सहित शांतिपूर्ण प्रदर्शन गरेका हुन ।

जलेश्वर अस्पताललाई ५० शय्याको बनाउनुपर्ने, प्रदेशबाट पठाएको चिकित्सकहरु तुरुन्त हाजिरी हुनुपर्ने, सरुवा रोग अस्पतालको दरबन्दी कायम हुनुपर्ने, कोभिड–१९ को विरामीको सम्पुर्ण खर्च सरकारले व्यर्होनु लगायतका माग राख्दै प्रदेश सरकारलाई यहि प्रदर्शन मार्फत ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सरकारको ध्यानाकर्षण भएन भने हामि चरणबध प्रदर्शन र आन्दोलन गर्ने यादवले चेतावनी दिए ।

प्रतिक्रिया