२४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भए

काठमाडाैं : नेपालमा पछिल्लो २४ घण्टामा थप साढे ८ हजारभन्दा धेरै कोरोना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ८ हजार ८ सय ४८ जना काेराेना संक्रमणमुक्त भएका हुन्।

याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेकाे छ।

यस अवधिमा १२९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार