Wednesday 15th of January 2025

महोत्तरीको गौशालामा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

0 Shares

गौशाला ः महोत्तरीको गौशाला नगरापलिका वडा नं.–९ स्थित बाबा ईटा उघोग नजिक मोटरसाईकल दुर्घटना हुदा एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउपालिका वडा नं. ४ गुलेरिया (खेसराहा) बस्ने ४१ वर्षका कपुरी ठाकुर रहको प्रहरी जनाएको छ ।

ईम्ली बजारबाट गुरेरिया तर्फ जादै गरेको बा.३६.प ४१४५ नम्बर को मोटरसाईकल अनियन्त्रीत भई भरतपुर बाबा ईटा उघोग नजिक दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए ।

दुर्घटनामा गम्भिर घाइते भएका ठाकुरलाई उपचारका लागि गौशाला स्थित शिटिकेयर हेस्पिटर पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक वस्यालले जनाएको छ ।

प्रतिक्रिया