Monday 13th of January 2025

महोत्तरीमा सरस्वतीको मूर्ति विसर्जन गर्न गएका बालककाे ट्याक्टरले किच्दा मृत्यु

0 Shares

महोत्तरी : महोत्तरीकाे बलवामा ट्रयाक्टरले किच्दा एक ७ बर्षिय बालकको मृत्यु भएको छ ।

बलवा नगरपालिका- ८ बस्ने कौशल यादवको ७ बर्षिय छोरा शिवमकुमार यादवको ट्रयाक्टरले किचेर मृत्यु भएको हो ।

बुधबार बलवा- ७ बनौटामा रहेको कारिब बाबा बोर्डिङ्ग स्कुलबाट सरस्वतीको प्रतिमा विर्सजन गर्न गइरहेको अवस्थामा सोही ठाउँ बस्ने ध्रुव कुमार महतोको अन टेस्ट ट्रयाक्टरले किच्दा बालक गम्भीर घाइते भएका थिए ।

गम्भीर अवस्थाको बालककोे उपचारको क्रममा दिउँसो ३ बजेतिर प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रतिक्रिया