Saturday 13th of July 2024

कोरोनाबाट महोत्तरीमा थप ५ जनाको मृत्यु

0 Shares

गौशाला ः महोत्तरीमा कारोना संक्रमणबाट शनिबार पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चारजना पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष र वडा नम्बर ४ का ६८ वर्षीय पुरुषकाो मृत्यु भएको छ । यस्तै, बर्दिबास नगरपालिका–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ की ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

प्रतिक्रिया