रौतहटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

काठमाडौं ः रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जसपा उपेन्द्र समूह र माओवादी कार्यकर्ताहरूले पुतला दहन गरेका हुन् ।

जसपा प्रदेश कमिटी सदस्य बृजकिशोर यादवको नेतृत्वमा गरुडा बजारमा पुतला दहन गरिएको हो । त्यसैगरी माओवादीका नन्दलाल यादवको नेतृत्वमा शुकदेव चोक र राजपुर भेडियाही चोकमा पनि पुतला दहन गरिएको छ ।

प्रतिक्रिया