Wednesday 29th of May 2024

महोत्तरीमा श्रीमान र श्रीमतीको इज्जत लुटेको आरोपमा एक जना पक्राउ

0 Shares

बर्दिबास ः खुकुरी देखाएर एक दम्पतीको इज्जत लुटेको आरोपमा महोत्तरीको बर्दिबास–५ बरडाँडाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३१ बर्षीय राजु भन्ने डोर कुमार पौडेल रहेको र्इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर बालिष्टर सिंहले जनकारी दिएका छन् ।

जेष्ठ ७ गते १२ बजेतिर राजुले ३२ बर्षीय महिलालाई जबर्जस्तीकरण र उनको श्रीमान्लाई अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कुखुरा खोरमा काम गर्ने ती दम्पतीलाई कोठामा कुटपीट गरेर करणी गरेको प्रहरीले जनाएको छ ।

‘दिउँसो खुकुरी देखाएर ती दम्पतीको कोठामा पसेर पेट्रोल छर्केर ज्यान मार्ने धम्की दिदैं उनीहरुमा आरोपीले गर्ने नहुने काम गरेर भागे,’इन्स्पेक्टर सिंह भन्छन्,‘त्यो खबर प्रहरीमा आयो । हामी घटना स्थाल पुग्यौं ।’ गाउँलेहरुले आरोपीलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए ।

पक्राउ परेका राजुमाथि करणी सम्बन्धि कसुर मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट १० दिनको म्याद लिई प्रहरी अनुसन्धान थालेको छ ।कानुन अनुसार उनीमाथि जबर्जस्ती करणीमा ७ बर्षदेखि १० बर्ष जेल र अप्राकृतिक मौथुनमा ३ बर्ष जेल हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया