
गौशाला ः महोत्तरी जिल्ला अदालत जलेश्वरबाट फरार भएका थुनवालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।
म्याद थपको लागि जिल्ला अदालतमा लगिएकोमा अदालत परिसरबाट फरार भएका लागुऔषधका आरोपी गौशाला नगरपालिका ४ का २५ बर्षिय कमलेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय गौशालाका अनुसार साहलाई महोत्तरीको प्रकौली भन्ने स्थानबाट पक्राउ गरिएको हो ।
अनुसन्धानको लागि म्याद थपको लागि जिल्ला अदालतमा लगिएकोमा साहले सौचालय जाने वहानामा शौचालयको पर्खाल नाघेर फरार भएको प्रहरी निरीक्षक विष्णु प्रदीय वस्यालले बताउनुभयो ।
गत शुक्रवार प्रहरीले चेकजाँचको क्रममा उनलाई लागुऔषध सहित औरही नगरपालिका ४ कठुधारबाट नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया