
काठमाण्डाै / अमेरिकी औषधि कम्पनी मोडर्नाले भारतको पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप दिन अस्वीकार गरेको छ । कम्पनीले सिधै केन्द्र सरकारसँग कारोबार गर्ने भन्दै खोप दिन अस्वीकार गरेको बीबीसी हिन्दीले लेखेको छ ।
अधिकारीहरूका अनुसार पञ्जाब सरकारले खोप खरिदका लागि सबै खोप उत्पादकहरुसँग सम्पर्क गरिरहेको छ । ‘पञ्जाबले स्पुतनिक भी, फाइजर र जोनसन एण्ड जोनसन जस्ता खोपहरूसहित विश्वव्यापी टेन्डरमार्फत् सम्भव सबै स्रोतबाट खोपहरू किन्ने सम्भावना अध्ययन गरिरहेको खबरमा उल्लेख गरिएको छ ।
खोप अभाव भएपछि पञ्जाबले पहिलो र दोस्रो चरणको खोप अभियान तीन दिनअघि स्थगित गरेको थियो । यसैबीच भारतमा गएको २४ घण्टामा चार हजार चार सय ५५ जनाको कोरोनाका कारण ज्यान गएको छ । दुई लाख २२ हजार ८ सय ३५ नयाँ सङ्क्रमित थपिएका छन् ।
नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि भारतमा कोरोनाका कारण हुने मृत्युदर कम हुन सकेको छैन ।
प्रतिक्रिया