महोत्तरीका युवाहरु शव व्यवस्थापनमा जुटे ।।

महोत्तरी / जलेश्वरका युवाहरुले कोरोना संक्रमितका कारण मृत्यु भएका शवको व्यवस्थापनमा जुटेका छन । गएराति कोरोना संक्रमितको कारण जिल्ला अस्पताल जलेश्वरमा ज्यान गुमाएका एक बृद्धको शवको स्थानिय रातुनदीमा युवाहरुले व्यवस्थापन गरेका हुन ।


जलेश्वर नगरपालिका १० का ६५ बर्षक सो वृद्धको शव स्थानिय युवाहरुले नेपाली सेनाको सहकार्यमा शव व्यस्थापन गरिएको युवा सत्येन्द्र यादवले बताउनुभयो ।
यस कार्यका लागि जलेश्वर अस्पतालले पिपीई उपलब्ध गराएको छ भने नेपाली सेनाको श्री रणभिम गण प्रकौलीले सहयोग गरेको युवा यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार