गौशाला / वर्तमान समयमा सरकारलाई कुर्सि बचाउनुभन्दा पहिले कोरोनाबाट ग्रसित जनतालाई बचाउनुपर्ने आवश्यक रहेको जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले बताउनुभएको छ ।
मंगलवार विहान रेडियो रुपान्तरणको रुपान्तरण विमर्शमा कुराकानी गर्नुहुँदै यादवले नेपाल सरकार मध्यावधि चुनावको नाममा अर्बौ रकम खर्चिन तयार रहेको तर कोरोनाबाट ग्रसित जनतालाई जीवनरक्षाका निम्ति सिन्को समेत भाँच्न नसक्नु नेपाली जनताको लागि दुर्भाग्य रहेको जनाउनुभएको छ ।
बर्तमान सरकारले नागरिकता विधेयेक पास गरेर मधेशीमाथि कुनै जस गरेको छैन यसभन्दा अगाडि नै पेश भएको नागरिकता विधेयेक एमालेकै कारण अन्तिम समयमा आएर पास हुन नसकेकोे यादवले खुलासा गर्नुभयो ।
अहिले जसपाका केही नेताहरु सतास्वार्थको लोभमा फसि मधेशी सपुत एवम शहिदहरु प्रति अपमानजनक व्यवहार गर्दै आएको यादवले आरोप लगाउनुभएको छ ।
आफ्नै पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरुसँग भएको वार्ताको क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँग कुनै शर्तमा सम्झौता नगर्ने सहमति जनाउएको यादवले खुलासा गर्नुभयो ।
जसपाका नेता राजेन्द्र महतो र महन्थ ठाकुर समुहले व्यक्तिगत स्वार्थ र कुर्सीको लोभमा फसि ओलीलाई पुर्ण रुपमा समर्थन जनाएर मधेशी जनताको भावनामाथि प्रत्यक्ष रुपमा खेलवाड गरेकोले यसको हिसावकिताव जनताले दिने उहाँले धारणा राख्नुभयो ।
एक अर्को प्रसंगामा यादवले देशमा संसद रहेपछि अनेकौ गतिविधी संचालन हुने भएकोले सँसद बचाउनका लागि आफुहरुले सर्वोच्चलाई गुहारेको र अदालतले आफहरुको हकमा फैसला गर्नेमा आफु ढुक्क रहेको प्रतिक्रिया दिनुभयो ।
हेर्नुहोस, अन्र्तवार्ताको पुरा अंश