Wednesday 15th of January 2025

३८ वर्षका भए राजा हिन्दूस्तानीका ‘छोटा रजनीकान्त’, आज जन्मदिन

0 Shares

काठमाडौं / १९९६ मा रिलिज भएको फिल्म राजा हिन्दूस्तानी आज पनि दर्शकहरुको मनमा बसेको छ । यो फिल्म दर्शकहरुलाई खुबै मन परेको थियो ।

B'day Spl: इन फिल्मों में आमिर पर भी भारी पड़ गए थे कुणाल खेमू, दिखा था  जबरदस्त अंदाज - Entertainment News: Amar Ujala
फिल्ममा आमिर खान र करिश्मा कपूर लिड रोलमा छन् । यही फिल्ममा आमिर खानको ट्याक्सी पार्टनरको भूमिका निभाएका एक बालकलाकार पनि निकै चर्चित बने । रजनीकान्त नामक ती पात्रको भूमिका कुणाल खेमूले निभाएका थिए । यी बालकलाकार अहिले निकै ठूला भइसकेका छन् र अभिनयमा पनि जमिरहेका छन् ।

Birthday Special : कुणाल खेमू ने बतौर चाइल्ड आर्टिस्ट काम करने पर जीता था  अवॉर्ड, लीड एक्टर बनने के बाद नहीं दिखा पाए कोई कमाल | birthday special  kunal khemu journey as
राजा हिन्दूस्तानी सुपर हिट भएको थियो र यसले सिनेमाघरहरुमा धेरै रेकर्ड बनाएको थियो । कुणल खेमू अभिनित ‘जख्म’ पनि निकै चलेको थियो । यो चलचित्रमा उनले अजय देवगनको बाल्यकालको भूमिका निभाएका छन् । कुणालले वयस्क भएपछि कलयुग, ढोल र ट्राफिक सिग्नलजस्ता फिल्म खेले । केही समयअघि मात्रै उनी अभिनित लुटकेस प्रदर्शनमा आएको थियो ।

तर, बाल्यकालको जस्तो प्रशंशा उनलाई जवानीमा मिलेन । बाल्यकालकै कुरा गर्ने हो भने ‘राजा हिन्दूस्तानी’ मा उनको अभिनयले झन्डै आमिर खानलाई नै छाँयामा पारेको थियो । समिक्षकदेखि सर्वसाधारणले उनकै प्रसंशा गरेका थिए ।

मां बनने वाली हैं सोहा अली खान, कुणाल खेमू ने दी खुशखबरी | Hari Bhoomi

अहिले कुणाल पटौदी खानदानका ज्वाँई हुन् । उनले सर्मिला टैगोरकी छोरी तथा सैफ अली खानकी बहिनी सोहा अली खानसँग बिहे गरेका छन् । २०१५ मा विवाह गर्नुअघि उनीहरु ७ वर्ष प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया