प्रदेश २ मा घट्न थाल्यो कोरोना संक्रमितको संख्या

जनकपुरधाम। प्रदेश २ मा काेराेना संक्रमण घट्न थालेकाे छ।साेमवार ९५ महिला सहित २८९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालय अनुसार धनुषामा १३४ जनामा काेराेना संक्रमित थपिएका हुन्।

जनकपुरधाम ८ र १ मा १०-१० जनामा संक्रमण देखिएकाेछ। धनुषामा थपिएका संक्रमित मध्ये अधिकांश जनकपुरधाम उपमहानगरपालिका कै रहेको बुझिएको छ।

यस्तै महाेत्तरीमा ४५ जना, सिरहामा ४, सप्तरीमा ३२, राैतहटमा २०, सर्लाहीमा १९, बारामा १२ र पर्सामा १९ जना संक्रमित थपिएका छन्। यस प्रदेशमा हाल सम्म ३० हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ।जसमध्ये १९ हजार २२० जना निकाे भईसकेका छन्।

साेमवार ५५ जना निकाे भएको छ।यस प्रदेशमा मृत्युु हुनेकाे संख्या ५८१ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार