एम्बुलेन्सबाट १ सय किलो अवैध गाँजा सहित दुईजना पक्राउ

गौशाला ः सुनसरीमा सोमबार साँझ एम्बुलेन्सबाट १ सय किलो अबैध लागूऔषध गाँजा सहित प्रहरीले दुई जना पक्राउ परेका छन्
पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका १५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र धनकुटा सहिदभूमि गाउँपालिका वडा नंं.– १ घर भएका २८ वर्षीय पोशन राई छन् ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बर एम्बुलेन्सलाई धरान उपमहानगरपालिका २ स्थित प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको १ सय किलो अवैध लागूऔषध गाँजा फेलापरे पछि दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

प्रतिक्रिया