आफन्तजन गुमाउँदाको पीडाले यति खेर समाजमा शोक थपिएको छ । कोरोना महामारीका कारण मानिसहरु अकालमै ज्यान गुमाईरहेका छन् ।महोत्तरीको बर्दिबास अस्पताल पुग्दा प्रियजन गुमाउनेहरुको आँखाबाट टप्प टप्प आँशु झारीरहेको त्यो मार्मिक दृष्यले मन स्तब्ध बनायो । छोरीले वुवाको अन्तिम मुख पनि हेर्न नपाएको ताजा तस्वीर मेरो आँखा अगाडी नाची रहेको छ ।
अस्पतालमा पीसीआर जाँच गराउनेहरुको लाम देखिन्छ । कोरोना जाँचको ढिला रिपोर्ट आयो भनेर मानिसहरु कड्किदैं थिए । अस्पताल भित्र पस्दा कोरोना संक्रमितहरु अक्सिजन लिएर बाँच्ने अभिलाषा बोकेको देखिन्थ्यो । डाक्टर, स्वास्थ्यकर्मीहरु संक्रमितको उपचारमा सबै शक्ति लगाएर लगातार खटेर लखतराम देखिन्थें । नियमितको कामले म पनि थकित थिए । पत्रकार दाई राजकरण महतोसंग पत्रकारिता सिक्ने रहरले म ८ महिनादेखि काम गरिहेको छु । दाईसंगै म पनि कोरोना संक्रमित भएको रिपोर्ट लिएर कोठा भित्र आइसुलेट भएको छु ।कोरोना जित्छु भन्ने उच्चमनोवल छ ।