Monday 2nd of December 2024

प्रदेश २ मा १९२२० जना संक्रमित निको भए

0 Shares

धनुषा  : प्रदेश २ मा हाल सम्म १९ हजार २ सय २० जनाले कोरोनामाथि जित हासिल गर्न सफल भएको छ ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवको अनुसार हालसम्म कोरोनाबाट ३० हजार ३ सय ९८ जना संक्रमित भएकोमा १९ हजार २ सय २० जनाले कोरोनालाई पराजित गरेर निको भएका छन् ।

त्यसैगरी प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ९७ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित मध्ये ९ हजार ८ सय ९२ जना होम आइसोलेसनमा र ७ सय ५ जना संस्थागत आइसोलेसनमा उपचार गराइरहेका छन् ।

त्यसैगरी कोरोनाको कारण मृत्यु हुने संख्या ५ सय ८१ पुगेको वरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिनु भएको छ ।

कोरोनाका सक्रिय संक्रमित सबै भन्दा बढी पर्सा जिल्लामा रहेको रहेको छ । पर्साको संस्थागत आइसोलेसनमा ३ सय १८ जना तथा होम आइसोलेसनमा २ हजार ८ सय १७ जना गरेर ३ हजार १ सय ३५ जना उपचार गराइरहेका छन् ।

धनुषा जिल्लाको संस्थागत आइसोलेसनमा २ सय ५१ जना तथा होम आइसोलेसनमा १ हजार ९ सय ११ जना गरेर कूल सक्रिय संक्रमितको संख्या २ हजार १ सय ६२ जना रहेका छन् ।

महोत्तरी जिल्लाको संस्थागत आइसोलेसनमा १७ जना तथा होम आइसोलेसनमा १ हजार ६ सय ५३ जना गरेर १ हजार ६ सय ७० जना रहेका छन् । बारा जिल्लाको संस्थागत आइसोलेसनमा ४ जना तथा होम आइसोलेसनमा १ हजार १ सय ३३ जना सक्रिय संक्रमित चिकित्सकको निगरानीमा उपचारमा रहेको मन्त्रालयले जनाएको छ ।

सप्तरी जिल्लाको संस्थागत आइसोलेसनमा २८ जना तथा होम आइसोलेसनमा १ हजार ५ जना गरेर १ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । रौतहट जिल्लाको संस्थागत आइसोलेसनमा ३४ जना तथा होम आइसोलेसनमा ६ सय ४३ जना गरेर कूल ६ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसै गरी सिरहा जिल्लाको संस्थागत आइसोलेसनमा ४७ जना तथा होम आइसोलेसनमा ५ सय २५ जना गरेर ५ सय ७२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सर्लाही जिल्लामा सबै भन्दा कम २ सय ११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ६ जना तथा होम आइसोलेसनमा २ सय ५ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया