नागरिकता बोकेर निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य

काठमाडौं ः आफ्नो पक्षमा बहुमत रहेको पुष्टि गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरूले निर्वाचन आयोग जाने तयारी गरेका छन् ।

शुक्रवार अपराह्न सबै सदस्यहरू आयोग जाने तयारी रहेको केन्द्रीय सदस्य झपटबहादुर रावलले लोकान्तरलाई बताए । आफ्नो पक्षमा बहुमत सिद्ध गर्न प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्यहरू नागरिकता र परिचयपत्र बोकेर निर्वाचन आयोग जान लागेका हुन् ।

प्रतिनिधि सभा विघटनपछि राजनीतिक रूपमा दुई चीरा भएको नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

नेकपाको दुवै समूहले आफू आधिकारिक रहेको दाबी गरिरहेका छन् ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा बहुमत सदस्य प्रचण्डनेपालतिर देखिएका छन् । आफूतर्फ बहुमत हुँदा हुँदै आयोगले आधिकारिकता नदिएको भन्दै प्रचण्ड–नेपाल पक्ष रुष्ट छ ।

प्रतिक्रिया