Monday 2nd of December 2024

प्रदेश सरकारले कोरोनाबाट सर्वसधारणलाई बचाउन हरसम्भव प्रयासरत : उपसचिव दाहाल

0 Shares

गौशाला/ प्रदेश नं. २ को सरकारले कोरोनाबाट सर्वसधारणलाई बचाउनको लागि हरसम्भव प्रयासरत रहेको समाजिक विकास मन्त्रालयका उपसचिव ठुलोबाबु दाहालले बताउनुभएको छ ।

सायद 1 व्यक्ति को तस्बिर हुनसक्छ

बुधबार रेडियो रुपान्तरणसँग कुराकानी गर्नुहुँदै उपसचिव दाहालले हाल प्रदेश सरकार यस महामारीको समयमा आवश्यक जनशक्ति भौतिक पूर्वाधार सहितको सेवा सम्पन्न कोभिड अस्पताल स्थानियतहमा संचालन गरिदै आएको छ । २३६ वटा स्थानियपालिकामा संचालित कोभिड अस्पताल संचालनको लागि प्रदेश सरकारले चिकित्सकहरुलाई आवश्यकमात्रामा तालिम, आवश्यक उपकरणको बन्दोवस्त गर्दै आएको उहाँले बताउनुभयो ।

प्रदेश–२ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीलाई कोरोना – देशसञ्चारप्रदेशभरिका १४ वटा अस्पताललाई अक्सिजन व्यवस्थापनको निम्ति ५ लाखका दरले मन्त्रालयले रकम पठाउनुको साथै तालिमको प्रदान गर्नुको साथै आवश्यक दरवन्दी अनुसारको स्वास्थ्यकर्मीलाई पठाएको दाहालले बताउनुभयो । प्रदेश सरकारले निती निर्माण गरिएकोले अव स्थानियपालिकाले ती निती नियमलाई टेकेर कोभिड अस्पताल संचालन गरि जनमानसको स्वास्थ्य रक्षाको लागि आवश्यक भुमिका निर्वाह गर्नका लागि आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया