
गौशाला ः महोत्तरीको गौशाला नगरपालिका वडा नं– ५ मा अनकौ पटक सूचना मार्फत पसलहरु बन्द गर्ने जानकारी गराए पनि यहाँका व्यापारीले सूचनाको अवैज्ञा गरी विहान अधिकान्स पसलहरु खोले पछि गौशाला उद्योग वाणिज्य संघले व्यापारी, बद्धिजिवी, पत्रकार, प्रहरीको सामुहिक बैठक बसाई आजबाट गौशाला बजार पूर्णरुपले बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लामा कोभिडका कारण मृत्यु हुने क्रम नरोकिएकोले संक्रमणको जोखिम कायम नै रहेको हुँदा जिल्ला प्रशासन कार्यालय र गौशाला नगरपालिकाको निर्णयलाई समन्वयन गर्दै गौशाला उद्योग वाणिज्य संघले गाौशाला बजारलाई पूर्णरुपले लकडाउन गर्नका लागी यहि मिति २०७८/२/१२ गते देखी २०७८/०२/२० गतेसम्म पूर्ण रुपले बन्द गर्ने निर्णय गरिको छ । यस नियमको अवैज्ञा गर्ने व्यापारलाई पहिलो पटक रु.५१०० सय जरिवाना र दोश्रो पटक रु. १०,००१ जरिवाना गरिने गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले बताए ।
साहले विहान ६ बजे देखी ९ बजेसम्म तरकारी, किराना पसल, खाद्यान्न, फलफुल सहित अत्यावश्यकक सेवा मात्र खोल्ने निर्णय भएको बताए । साहले अस्पताल, औषधि पसल, दुध, खानेपानी, खाद्यन्न आपुर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यआवश्यक सेवा भन्ने संचालन हुने स्पष्ट पारेको हो ।
बन्द गर्नेक्रममा तरकारी व्यापारी दिनभरी नै बजारमा अनावश्यक तरीकाले भिडभाड लगाई व्यापार गर्दा प्रहरीले पच्चास पीस तराजु र अन्य पसल संचालन गर्ने दुई व्यक्तिलाई नियन्त्रणमा लिएको गौशालाका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले बताउनुभयो ।
नियन्त्रणमा लिएको दुई जनालाई सम्झाईबुझाई साझमा छाडिदिए पनि तराजु भन्ने प्रहरी कार्यालयमा नै रहेको बताए । र आजबाट जो कोही नियम विरुद्ध गरेको पाईमा गौशाला उद्योग वाणिज्य संघले लगाएको जरिवाना स्वरुप लाग्ने बताएका हुन ।
प्रतिक्रिया