
गौशाला ः “सके सहयोग गरौ नसके घरमै सुरक्षी बसौ” मुलनारा को साथ राहत सङ्कलन तथा बितरण कार्य गुनानन्द मेहताको पहलमा सुरु भएको छ ।
कोरोना विरुद्ध कुशवाहा राहत सङ्कलन तथा बितरण गरिब ,असहाय, पिडित , परिवारलाई राहत सङ्कलन गरी बितरण गरिरहेको समाजका एक अगुवाले बताए ।
यता अभियान सफल बनाउन कुशवाहा समाज मलेसियाबाट समाजका चिन्तन गर्ने युवाहरुले आफ्नो छाक कटाएर रु. १०,००० रुपैयाँ समाजका लागि प्रदान गरेको संयोजन मेहताले बताए साथै अरुण मेहता र मनिक मेहताले सेनिटाईजर र माक्स सहयोग गरेको जानकारी गराए ।
यता कोरोना विरुद्ध कुशवाहा राहत सङ्कलन तथा बितरण समितिले मोरङ , सुनसरी , सप्तरी , महोत्तरी, धनुषा लगायतका जिल्लामा यो कार्यलाई प्रभवकारी बनाउन लागि परेको राजिव मेहताले बताए ।
प्रतिक्रिया