0
Shares

गौशाला : सबै तिर अक्सिजनको अभाव भइरहेको बेला महोत्तरीको वर्दिवास अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ ।
बर्दिबास अस्पताललाई नेपाल रेडक्रस सोसाइटी उप–शाखा कार्यालय बर्दिबासले ४० थान अक्सिजन सिलिन्डर प्रदान गरेको हो ।
कोरोना संक्रमित विरामीहरुका उपचारका लागि अस्पतालमा रहेको अक्सिजन सिलिन्डरमा रिफिल गरेर हस्तान्तरण गरिएको रेडक्रस उप–शाखाका सभापति मुकुन्द प्रसाद पौडेलले जनाए ।
बर्दिबास उद्योग बाणिज्य संघ वर्दिवासका अध्यक्ष प्रहलाद कुमार क्षेत्रीले बर्दिबास नगरपालिकाका स्वास्थ्य शाखा उप–संयोजक तथा कोभिड–१९ व्यवस्थान कोर्डिनेटर रामबाबु यादवलाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएका हुन् ।