Saturday 5th of October 2024

महोत्तरीको गौशाला बजार बन्दगर्ने निर्णयको विपरीत पसल खोल्नलाई लाग्यो जरिवाना ।।

0 Shares

गौशाला ः महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ मा अनकौ पटक सूचना मार्फत पसलहरु बन्द गर्ने जानकारी गराए पनि यहाँका व्यापारीले सूचनाको अवैज्ञा गरी विहान अधिकान्स पसलहरु खोले पछि गौशाला उद्योग वाणिज्य संघले आजबाट गौशाला बजार पूर्णरुपले बन्द गर्ने निर्णय गरिएको थियो ।

निर्णय भए लगतै बजार एरिया भित्र विभिन्न संचारमाध्यम तथा हाते माईकबाट सूचना सम्प्रेशन गरे पनि केही व्यापारीले नियम विपरीत लुकिछिपी सामान बिक्रिवितरण गरेका कारण प्रहरीले ६ जना व्यापारीलाई नियन्त्रणमा लिई साँझ ५ बजे जनही रु. ५१०० सयको दरले जरिवाना लिई छाडेको गौशालाका ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले बताउनुभयो ।

जरिवाना तिरेको रकमलाई गौशाला उद्योग वाणिज्य संघको फन्डमा राखी पछि व्यापारीहरु बसी यस रकमको छलफल गरेर कुनै सामाजिक कार्यमा लगाउने हो वा अन्य कार्यतिर राख्नेहो भनी निर्णय आएपछि मात्र रकम खर्च गरिने गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले बताए ।

प्रतिक्रिया