Tuesday 14th of January 2025

महोत्तरीमा उपेन्द्र यादव समूहद्धारा ओली, महन्थ ठाकुर र राजेन्द्र महतोको पुतला दहन

0 Shares

महोत्तरी : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज दिउँसो उपेन्द्र यादवको समूहले प्रधानमन्त्री केपी ओली, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको पुतला दहन गरेको छ ।

पार्टीमा विश्वासघात गरी सरकारमा सहभागी हुन गएको आरोप लगाउँदै अर्का अध्यक्ष उपेन्द्र यादवको समूहले जलेश्वरको महादेव मन्दिर अगाडि केपी ओली, महन्थ ठाकुर र राजेन्द्र महतोको पुतला दहन गरेका छन् ।

ठाकुर र महतो विरुद्ध विभिन्न नारा जुलुश गर्दै नगरको विभिन्न भागको परिक्रमा गर्दै आएका जसपा उपेन्द्र यादव समूहका नेता कार्यकर्ताहरुको समूहले महादेव मन्दिर अगाडि पुगेर तीनै जनाको पुतला दहन गरेको हो ।

महोत्तरीमा जसपा नेता ठाकुर र महतोले आफ्नै पार्टी भित्र गद्दारी गरेर केपी ओलीको सरकारमा सहभागी हुन गइरहेको कुरालाई लिएर उपेन्द्र यादव समूहका नेता कार्यकर्ताहरुमा ठूलो आक्रोश रहेको छ ।

प्रतिक्रिया