महोत्तरी युवा संजाल र त्रिसा नेपालले काठमाडौंमा राहत बाटदै

गौशाला ः महोत्तरी घर भई काठमाडौं बस्दै याएका परिवारहरुलाई त्रिसा नेपाल संस्थाको आयोजना र महोत्तरी युवा संजालको समन्वयमा राहत बितरन गरिएको छ ।

निषेधाज्ञाले गर्दा देशको सम्पूर्ण गतिविधि थप्प रहेको समयमा आमजनमानसको जीवन सहज बानाउने उदेश्यले त्रिसा नेपालको आयोजना तथा महोत्तरी युवा संजालको समन्वयमा काठमाडौंमा राहत वितरण कार्यक्रम हुदै आइरहेको छ । त्रिसा नेपाल संस्थाको अध्यक्ष अनिल थापा, महोत्तरी युवा संजालको अध्यक्ष चुडामणि यादव ,समाजसेवि के वि राना ,छेवाङ लामाहरुको विशेष सहभागीमा अति बिपन परिवार, महिला, विधार्थी, खानाको समस्य खेपी रहेको ज्यालाकर्मी लगायत लाई एउटा राहत को प्याकेजमा चामल, दाल, भुजा, चिनी चियापती, साबुन तथा पौष्टिक तरकारीको रूपमा साग लगायत अन्य दैनिक उपभोग्य सामाग्री दैनिक २०–२५ जनालाई निरन्तर राहत वितरण गर्दै त्रिसा नेपाल संस्थाका अध्यक्ष अनिल थापाले बताए ।

काठमाडौंको कोटेश्वर ,नरेफाट जडिबुटी गोकर्नेश्वर बौद्ध सोनाकोथी लगायतका स्थानहरु मा वितरण भएको छ । महोत्तरी घर भई हाल काठमाडौंमा बस्ने निषेधाज्ञाको मार खेपिरहेका परिवारहरु सम्पर्क गर्दै बसेकै स्थान सम्म यो राहत पुर्याउदै आइरहेको महोत्तरी युवा संजालको अध्यक्ष चुडामणि यादवले बताए ।

निषेधाज्ञाको समयमा कोहि भोको पेट सुत्नु नपरोस भन्ने सोचले निरन्तर यो अभियान संचालित रहको छ ।

प्रतिक्रिया