0
Shares
सर्लाही ः सर्लाहीको ब्रम्हपुरीबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ बस्ने २१ वर्षीय प्रमोदकुमार महतो रहेका छन् ।
ब्रम्हपुरी गाउँपालिका–४ स्थित राजबेरीबाट सशस्त्र प्रहरीको टोलीले लागुऔषधसहित महतोलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महतोको साथबाट सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा १२० बोतल लागूऔषध सिरफ बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका महतोलाई सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिभुवन नगरबाट खटिएको टोलीले शंका लागेर सर्च गरेको थियो ।
उनलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।