
गौशाला / नेकपा माओबादी केन्द्रका स्थायी समिती सदस्य एवम महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य गिरीराजमणि पोखरेलले आमनागरिकको हकहितमा रहि अगामी आर्थिक बर्षको वजेट विनियोजन गर्नका लागि तीनै तहका सरकारलाई अनुरोध गर्नुभएको छ ।
विहीबार रेडियो रुपान्तरणको प्रस्तुती रुपान्तरण विमर्शमा कुराकानी गर्नुहुँदै नेता पोखरेलले यस कोरोनाजस्तो विपदको घडिमा कोभिडसँग लडन किसिमको वजेट ल्याएर आमनागरिकको स्वास्थ्य रक्षा हुने किसिमको बजेट ल्याउनुपर्नेमा जोड दिनुभएको छ । कोरोनाका कारण विश्व नै अक्रान्त अवस्थामा रहेको महाविपदको घडिमा ल्याउने वजेट विकासमैत्री नभई जनमुखि हुनेपर्नेमा पूर्वमन्त्री समेत रहनुभएका पोखरेलले सरकारसँग आग्रह गर्नुभएको छ ।
बर्तमान परिवेशमा अधिकांश स्थानमा वजेटको अभाव भएकै कारण नागरिकहरु समयमा वेड, अस्पतालमा जनशक्ति एवम उपकरण तथा स्वास्थ्य सामग्रीको अपुगकोको कारण अकालमा ज्यान गुमाउनुपर्ने परिस्थिती आएकोले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउनुपर्ने किसिमको वजेट निती तथा तर्जुमा घोषणा गर्नुपर्नेमा नेता पोखरेलले जोड गर्नुभयो ।
पूर्वशिक्षामन्त्री समेत रहनुभएका नेता पोखरेलले वर्तमान परिवेशमा कुनै पनि हालतमा वालवालिकाको सिकाई प्रद्धति स्थगित नगरि वैकल्पिकमाध्यमबाट सिकाई पद्धतिलाई निरन्तरन प्रदान गर्न वातावरण निर्माण गर्नका लागि सरकारसमक्ष माग गर्नुभएको हो । अहिलेको समयमा गतबर्ष झै यसबर्ष पनि रेडियो, टिभी, अनलाईन लगायतका वैकल्पिक माध्यममार्फत विद्यार्थीहरुलाई शैक्षणिक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता उपर पूर्व शिक्षामन्त्री पोखरेलले जोड दिनुभएको हो ।
स्थानिय सरकारले संचालनमा ल्याएको कोभिड अस्पताललाई व्यवस्थित गरेको समयमा कार्यरत रहनुभएका स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरण निर्माण गरि मनोवल उच्च हुने किसिमको वातावरण निर्माण गर्नका लागि प्रदेश सरकार र स्थानिय सरकारलाई आग्रह गर्नुभयो ।
एक अर्को प्रसंगमा नेता पोखरेलले माओबादी केन्द्र गत पुषदेखि नै सरकारको विपक्षमा रहि सरकारको हरेक कामकाजमा ध्यानाकर्षण गराउदै आएको स्पष्ट पार्नुभयो ।
पछिल्लो समयमा आएर ओली नेतृत्व सरकारले प्रतिनिधीसभा विघटन गरेपछि आफुहरु न्यायको लागि सर्वोच्चको शरणमा गएको चर्चा गर्नुहुँदै आफुहरुलाई अदालतले न्याय दिलाउनका लागि कुनै किसिमको कन्जुसाई नगर्नेमा आफुहरु विश्वस्त रहेको नेता पोखरेलले बताउनुभयो ।
उहाँले आमनागरिकको जीवनरक्षाको निम्ति वर्तमान विपदको घडिमा राजनितीकरण नगरिकन विभेदरहित वातावरणमा सहयोगीको भुमिका निर्वाह गर्नका लागि तीनैतहका सरकारका प्रतिनिधीलाई अनुरोध गर्नुभएको हो ।
कार्यक्रम : रुपान्तरण विमर्शको पुरा अंश ( विहीबार, १३ जेठ २०७८)
प्रतिक्रिया