पत्रकार चौधरी उपर दुव्र्यवहार, महासंघले गरे पत्रकारिता सुरक्षा ग्यारेन्टीको माग ।।

गौशाला / एपीवान टिभी महोत्तरीका सम्वाददाता एवम नेपाल पत्रकार महासंघ महोत्तरीका सदस्य नविन चौधरी उपर सशस्त्र प्रहरीका भुतपूर्व घुमुवाले दुव्र्यवहार गरेका छन । विहीबार दिउँसोको समयमा समाचार संकलनको क्रममा जलेश्वर नगरपालिका ५ मा रहेको पर्सा गाँउमा पत्रकार चौधरी धाकधम्की दिदै पूर्वप्रहरी संजिव कुमार रायले दुव्र्यवहार गरेका हुन ।

स्थानिय सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म वुधबारराति गरिएको सडकढलान विहानै भत्किएको खवर संकलन गर्ने क्रममा रायले आफु यसको ईन्चार्ज भन्दै क्यामरामा खिचिएको भिडियो र फोटो डिलिट गरेका हुन । रायले पत्रकार चौधरीलाई विभिन्न किसिमको गाली वेईज्जती गर्दै हातबाट मोवाईल थुति आफैले फोटो र भिडियो डिलिट गरिएको हो ।

घटनाको सम्बन्धमा घोर आपति जनाउदै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले घोर भत्र्सना गरेका छन । शाखाका सचिव राजकरण महतोेले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रायलाई काुनु्नको दायरामा ल्याई न्याय दिलाउनका लागि प्रहरी प्रशासनसँग माग गरेका छन ।  रायबाट गरिएको हातपात र फोटो डिलिटको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथि ठाडो प्रहार भएको प्रेस व्यक्तिमा उल्लेख छ ।

रायको अनुदार कार्यशैली पत्रकारलाई स्वतन्त्रापूर्वक बाच्न र लेख्न देउ भन्ने विश्वव्यापी मान्यताको विपरित रहेको पत्रकार महासंघको ठहर छ ।

रायले गरेको ज्यादतीको तिव्र निन्दा गर्दै घटनामा संलग्न उनलाई तुरुन्त पक्राउ गरी आवश्यक कानूनी कारबाहीको दायिरामा ल्याई पत्रकार र पत्रकारिताको सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग नेपाल पत्रकार महासंघ महोत्तरी शाखा जोडजाड माग समेत गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार