Saturday 9th of November 2024

चक्रवातको समयमा सर्तकर्ता अपनाउनका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीको अनुरोध ।।

0 Shares

रुपान्तरण खवर, जेठ १३ गते । चक्रवातको प्रत्यक्ष असर नेपालमा पनि पर्न भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लावासीलाई विशेष रुपमा सतर्कता अपनाउनका लागि अनुरोध गरेका छन ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज प्रेस विज्ञप्ति जारी गरि वाढि पहिरो डुवानको जोखिममा नजान, नदीहरुमा माछा नमार्न, नदी आसपासको क्षेत्रमा बसोबास गर्नेहरु उच्च सर्तकर्ता अपनाई बस्नका लागि सर्वसधारणमा अनुरोध गरेका छन ।

पछिल्लो समयमा भारतबाट शक्तिशाली चक्रवात क्रमिक रुपमा उत्तरपश्चिमतर्फ सर्ने क्रम जारी रहेकोले सो को प्रत्यक्ष असर प्रदेश नं. २ का जिल्लाहरुमा पनि असर पर्ने भएकोले जिल्ला प्रशासन कार्यालय महोत्तरीले सर्वसधारणलाई समयमै सचेत भई कार्यसम्पादन गर्नका लागि अनुरोध गरेका छन ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार जेठ १३ गतेदेखि जेठ १५ गतेसम्म सो चक्रवातको असर देखिने जानकारी गराएका छन ।

प्रतिक्रिया