0
Shares
![](https://i0.wp.com/rupantaranonline.com/wp-content/uploads/2021/05/mukhya-mantri1622204787.jpg?fit=540%2C405&ssl=1)
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्थाबारे बुझ्नका लागि प्रदेशका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको भर्चुअल संवादमा मुख्यमन्त्री राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग जिल्लाको वर्तमान अवस्था, सरकारले चालेका कदमको प्रभाव र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल गरेका हुन्।
छलफलमा प्रमुख जिल्ला अधिकारीहरूले जिल्लामा रहेको कोरोना संक्रमितहरूको अवस्था, अस्पतालहरूमा थप गर्नुपर्ने सुविधा बारेमा जानकारी गराएका थिए।
प्रमुख जिल्ला अधिकारीहरूको ब्रिफिङपश्चात् मुख्यमन्त्री राउतले जिल्लाबाट भएको मागबारे प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्र र मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने जानकारी गराए।