
सबैला ः धनुषाको सबैला नगरपालिकामा एकै दिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० वर्षीयादेखि ७१ वर्षीया बृद्धासम्म संक्रमित भएका हुन् ।
हाट बजारका कारण उक्त नगरमा संक्रमण फैलिएको छ । यसअघि ११ जना एकैदिन संक्रमित भएका थिए ।
अहिलेसम्म एक सयभन्दा बढी त्यहाँका महिला तथा पुरुष संक्रमित भएका छन् । त्यहाँका एक जनाको मृत्यू पनि भइसकोको छ ।
संक्रमण फैलिएपछि सो नगरमा त्रास फैलिएको छ । तर पनि स्वास्थ्यकर्मीको टोली परिचालन नगरिएको स्थानीयको गुनासो छ । त्यहाँका मेयर विजय शंकर प्रसाद साहले संक्रमितको उपचारमा कुनै समस्या हुन नदिने प्रतिवद्धता जनाएका हो ।
तर मेयरले जनाएको प्रतिवद्धता अनुसार कुनै काम नगरेको स्थानीयले गुनासो गरेका छन् । संक्रमितहरु कोरोनालाई कसरी जित्ने विषयमा पनि अनभिज्ञ छन् ।
प्रतिक्रिया