काठमाण्डाै / सरकारले प्रदेश र पालिकालाई दिने अनुदान बढाएको छ । आज घोषणा भएको बजेटमा समानीकरण अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब ९४ करोड र पालिकालाई ९४ अर्ब ५६ करोड रुपैयाँ विनियोजन भएको छ ।
यस्तै ससर्त अनुदानमार्फत प्रदेशलाई ३५ अर्ब ८७ करोड र पालिकालाई एक खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै समपूरक अनुदानतर्फ १२ अर्ब रुपैयाँ ३७ करोड र विशेष अनुदानतर्फ १२ अर्ब ४६ अर्ब रुपैयाँ विनियोजन भएको छ । राजस्व बाँडफाडतर्फ एक खर्ब २६ अर्ब ६९ करोड रुपैयाँ बाँडफाड हुने बजेटमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्याइयो
सरकारले स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बरले बढेको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशतले बढाएर १२ हजार रुपैयाँ पुर्याइएकाे बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
एक सयभन्दा बढी बेड भएका अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट अनिवार्य
सरकारले एक सयभन्दा बढी बेड भएका अस्पतालमा अनिवार्य आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने व्यवस्था गरेको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराउनुभएको छ ।
यस्तै सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । यस्तै सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गर्दा लाग्ने लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदान दिने पनि बजेटमा उल्लेख छ ।
यस्तै कोरोना महामारीको अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरूलाई ५० प्रतिशत छुट दिने अर्थ मन्त्री पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
खोप लिन बाँकी सबैलाई निःशुल्क दिइने
सरकारले कोरोना खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै खोप व्यवस्थापनका लागि त्याे रकम विनियोजन गरेको जानकारी दिनुभएको हो ।
सरकारले सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । यस्तै सरकारले भेन्टिलेटर तथा मेडिकल उपकरणका लागि चार अर्ब छुट्याएकाे मन्त्री पाैडेलले बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब बजेट विनियोजन, थप २ लाख रोजगारी सृजना गरिने
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आउँदो आर्थिक वर्षमा थप २ लाख रोजगारी सृजना गर्ने जनाएको छ ।
आज भएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री रोजगार पुन संरचना गरी थप दुई लाख रोजगारी सृजना गरिने बताउनुभएको छ । स्थानीय स्तरका आयोजनाहरूमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवालाई न्यूनतम सय दिनको रोजगारी दिइने छ । यसका लागि सरकारले १२ अर्ब बजेट विनियोजन गरिएको छ ।