
काठमाण्डाै / आउँदाे आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस वर्ष मन्त्रालयलाई बजेट बढाइएकाे अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमा जानकारी दिनुभयो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको र कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थ मन्त्री पौडेलले जानकारी दिनुभयो ।
यस्तै सरकारले सबै पालिकामा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्न सात अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट
सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।
आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
उनले कोरोना रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गर्ने बताएका छन् । सबै नेपालीको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले कोभिड रोकथाम नियन्त्रण र खोप सुनिश्चितताका लागि अभाव हुन नदिने बताएका छन् ।
निःशुल्क परीक्षण र उपचारको व्यवस्था बिरामीको उपचारका लागि अक्सिजन प्लान्ट सिलिन्डर तरल अक्सिजन ढुवनी गर्ने व्यवस्था मिलाइने उनले बताए । १०० भन्दा बढी शय्या भएका अस्पतालमा अफ्नै प्लान्ट रँखन लगाउने नीति सरकारले लिएको छ ।
प्लान्ट राख्न निजी क्षेत्र र सामुदायिक क्षेत्रलाई लागतको ५० प्रतिशत अनुदान दिने घोषाण पनि बजेटले गरेको छ । यस्तै आइसीयू, एचडीयू लगायतका उपकरण खरिद गर्न ४ अर्ब विनियोजन भएको छ ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्नातक, स्नातकोत्तर वा त्याे भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी बढीमा पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
प्रतिक्रिया