खाल्डाेमा डुबेर दाजु भाइकाे मृत्यु

नागेन्द्र कुमार यादव

रामगाेपालपुर / महाेतरी जिल्लाको रामगाेपालपुर नगरपालिकामा शनिवार बिहान खाल्डाेमा डुबेर दाजु भाइकाे मृत्यु भएकाे छ ।

रामगाेपालपुर नगरपालिका वडा नम्बर ९ गाेठ बनाैली नजिक रहेकाे एम पि एस इटा उधाेगले इटा बनाउनको लागि खनेकाे खाल्डाेमा डुबरे मृत्यु भएका छन । बिहानै दिसा गर्न गएकाे बेला डुबेर मृत्यु भएको थियो । मृत्यु हुनेमा रामगाेपालपुर नगरपालिका वडा नम्बर ९गाेठ बनाैली बस्ने रामकरण मणडलको ९ बर्षिय छोरा प्रेम कुमार मण्डल र अर्काे १०वर्षिय आशिक कुमार मण्डल रहेका छन ।

हाल दुबै मृतशरीर लाइ राम गाेपालपुर स्वास्थ्य चाैकीमा राखिएको छ। कानुनि प्रकृया पूरा गरि जलेश्वर लैजान तैयारी रहेकाे इलाका प्रहरी कार्यालय राम गाेपालपुरले जनाएका छन । – प्रतिक्षा खबर डटकम

 

प्रतिक्रिया

सम्बन्धित समाचार