पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

काठमाडौं   सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार परिचयपत्रका आधारमा सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

कर्मचारीको तलबमा मासिक दुई हजार वृद्धि

सरकारले कर्मचारीको तलबमानमा मासिक दुई हजार वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार