गौशालामा नवनिर्मित मगर संग्रहालयको उदघाटन, भाषा संरक्षणका लागि नगरपालिकाले भाषाभाषीको पाठयपुस्तक ऐच्छिक विषयको रुपमा समावेश गराईने नगरप्रमुख महतो ।।

गौशाला। भाषा संरक्षणका लागि नगरपालिकाले अगामी शैक्षिक सत्रमा ऐच्छिक विषयको पठनपाठन विद्यालयमा गराईने नगरप्रमुख शिवनाथ महतोले बताउनुभएको छ । शुक्रवार महोत्तरीको गौशालामा नवनिर्मित मगर संग्रहालय भवनको उदघाटन गर्नुहुँदै नगरप्रमुख महतोले हरेक समुदायका वोलिने भाषालाई पाठयपुस्तकको रुपमा विद्यालयमा लागु गरिने जनाउनुभएको छ ।


हरेक समुदायसँग सहमति र सहकार्य गर्दै नगरपालिकाको कार्यालयले विद्यालयमा ऐच्छिक विषयवस्तुको रुपमा पठनपाठन गराईने तयारी अनुरुप एक चरणको क्रियाकलाप सम्पन्न भएकोले अगामी दिनमा पुनः यस विषयवस्तुउपर छलफल गरिने नगरप्रमुख महतोले धारणा राख्नुभयो ।
एक अर्को प्रसंगमा नगरप्रमुख महतोले नगरपालिकाको सहयोगमा निर्मित मगर संग्रहालयमा आवश्यक सामग्री राखि प्रदेश नं. २ मै नमुना संग्रहालयको रुपमा स्थापित गर्नका लागि नेपाल मगर संघलाई आग्रह गर्नुभएको हो । नगरपालिकाले यस आर्थिक बर्षभित्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा नमुना कार्यको थालिनी गरिने नगरप्रमुख महतोले प्रतिवद्धता जनाउनुभयो ।


कार्यक्रमकाबीच नेपाल मगर संघका केन्द्रिय सदस्य एवम प्रदेश ईन्चार्ज लेखराम जर्घा मगरले जातिय गणनाको अधारमा समानुपातिक एवम समावेशीकरणको पद्धति लागु गर्नका लागि सरोकारवाल निकायसमक्ष आग्रह गर्नुभएको हो । गाँउमा जातिय नाईके नहुँदा मगर समुदायहरु एकीकृत हुन नसकेको संघका प्रदेश अध्यक्ष यम वहादुर खपांगीले धारणा राख्नुभयो । समुदायले क्रमिक रुपमा भाषा विर्सिदा मगर संस्कृति र परम्परा धराप पर्न सक्ने भएकोले यसतर्फ सचेत रहनकालागि जातियसँग सरोकार राख्ने व्यक्तिलाई अनुरोध गर्नुंभएको हो ।


गौशाला नगरपालिकाको कार्यालयले उपलब्ध गराएको १० लाख र २८ हजार ९७७ रकम बराबरको जनश्रमदानमार्फत सो भवन निर्माण भएको मगर संघका जिल्ला अध्यक्ष गणेश वहादुर आलेले जानकारी दिनुभयो । सो भवन निर्माणका लागि स्थानिय श्याममाया थापा मगरले डेढ कटठा जग्गा निःशुल्क रुपमा प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार