Friday 14th of June 2024

सर्लाहीमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि

0 Shares

सर्लाही ः सर्लाहीको हरिवन नगरपालिका स्थित घुर्कौलीमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हरिवन नगरपालिका वडा नम्बर – ७ घुर्कौलीको कुशवाहा टोलमा एकै परिवारका ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीया नातिनीसम्म गरी १४ जना कोरोना संक्रमित देखिएको वडाध्यक्ष नेत्रप्रसाद मैनालीले जानकारी दिए ।

उक्त वडामा हालसम्म जम्मा १५ जना मात्र संक्रमित देखिएकामा एकै परिवारका १४ जनालाई पोजेटिभ देखिएको हो ।

शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ–बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो ।

जेठ ५ र ७ गते परिवारका अन्य सदस्यको पनि स्वाब परीक्षण गर्दा थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया