Thursday 30th of May 2024

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक पक्राउ

0 Shares

सप्तरी । स्रोत नखुलेको १ लाख २९ हजार ५ सय भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १४ रम्पुराका ३६ वर्षीय विजय मुखिया रहेको प्रहरीले जनाएको छ ।

शंका लागेर चेकजाँच गर्दा भारतीय रुपैयाँ ५ सय दरका २ सय ५९ थानसहित उनलाई आइतबार जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १४ बेरियाघाटबाट सशस्त्र प्रहरी बिओपि तिलाठगीबाट खाटीएको टोलिले उनलाई पक्राउ गरिएको हो ।

उनलाई थप कारबाहीका लागि राजविराज भन्सार कार्यालय बेल्ही पठाईएको छ ।

प्रतिक्रिया