सरकारले अध्यादेशमार्फत ल्याईएको बजेट चुनावीमुखी : पूर्व स्वास्थ्य राज्यमन्त्री डा. यादव ।।

महोत्तरी / सरकारले अध्यादेशमार्फत ल्याईएको बजेट चुनावीमुखी रहेको पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले बताउनुभएको छ ।

महोत्तरीको सम्सीमा संचारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा पूर्वमन्त्री डा. यादवले सरकारले ल्याएको आर्थिक बर्ष २०७८। ०७९ को बजेट पूर्णरुपमा चुनावी बजेट रहेको प्रतिक्रिया दिनुभएको छ ।

कहाँ छन् डा. सुरेन्द्र यादव : जनकपुर कि बालुवाटार ? | Ratopati

समाजिक सुरक्षा भतामा बृद्धि, कर्मचारीको तलब बृद्धिजस्ता विषयवस्तु नेकपा एमालेले आफनो चुनावी घोषणापत्रमा उल्लेख गरेका थिए सोही विषयवस्तुलाई यसबर्षको वजेटमार्फत सम्बोधन गरेको डा यादवले स्पष्ट पार्नुभयो । एक अर्को प्रसंगमा डा यादवले ज्वरो, रुघाखोकी ग्रसितहरु समयमै चिकित्सकको परामर्श अनुसार औषधि सेवन गर्नुपर्नेमा जोड दिनुभयो ।

५ पालिकाका कोरोना ग्रसितलाई निःशुल्क उपचार प्रदान गर्ने तयारीमा ।।

महोत्तरी क्षेत्र नं. ४ का प्रतिनिधीसभा सदस्य समेत रहनुभएका डा. यादवले कोरोना ग्रसितलाई निःशुल्क रुपमा उपचार प्रदान गर्नका लागि सुविधासम्पन्न अस्पताल सेवा सुचारु गरेको जानकारी दिनुभयो ।

आफनो संसदीय कोषमार्फत प्राप्त भएको रकममार्फत सो उपचार सेवा अगामी जेठ २० गतेदेखि संचालन गर्ने तयारी गर्दै आएको डा यादवले जानकारी दिनुभयो ।

वाहिरको अस्पतालमा २० हजारदेखि ५० हजार रकम खर्चिएर उपचार गराउदै आएको कोरोना ग्रसित आफनो क्षेत्रमातहतमा रहेको ५ पालिकाका सर्वसधारणलाई निःशुल्क रुपमा उपचार गराउने भएका छन ।

डा. यादवको निर्वाचन क्षेत्र नं. ४ मा औरही, रामगोपालपुर, मनरा सिस्वा नगरपालिका र सम्सी तथा सोनमा गाँउपालिका रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार