पछिल्लो २४ घण्टामा ६२०५ जना संक्रमित निको भए

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ६ हजार २०५ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ४ लाख ४० हजार ९५५ संक्रमित निको भइसकेका छन्।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६   जनाको पिसिआर र  १ हजार ७८४  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ७०२  जना र एन्टीजेटमाफर्त ६६७ जना गरी ४ हजार ३६९ संक्रमित पुष्टि भएका छन्।

देशभर एक लाख ८ हजार ८९७  जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया