0
Shares

गौशाला ः प्रदेश २ मा आईतबार मात्र ४०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २१ हजार २ सय ३३ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवका अनुसार आइतवार धनुषाका सबैभन्दा बढी ३ सय ५४ जना कोरोना संक्रमित निको भएका छन् ।
त्यस्तै, पर्साका २०, महोत्तरीका १२, रौतहटका ८, बाराका ७, सिरहाका ५ र सर्लाहीका २ जना कोरोना संक्रमित निको भएको उनले बताए ।
हाल प्रदेशमा १० हजार ४ सय ६९ जना कोरोनाको सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ९ हजार ९ सय १ जना होम आइसोलेसनमा छन् भने ५ सय ६८ जना प्रदेशको विभिन्न अस्पतालमा उपचाररत छन् ।