Tuesday 21st of January 2025

सचिप्रेम फाउन्डेसनद्धारा असहायहरु लाई निःशल्क स्वास्थ सामाग्री वितरण सुरु

0 Shares

सर्लाही । सर्लाहीको एक सामाजिक संस्था सचिप्रेम फाउन्डेसन बलराले जिरो हङ्गर अभियान अन्तर्गत बिरगंज स्थित विभिन्न स्थानमा रहेका कोरोना भाइरसबाट प्रभावित बिरामी, तिनका अभिभावक, गरिब, असहाय तथा अशक्त हरुलाई निःशल्क रुपमा भोजन, शुद्ध पानी तथा स्वास्थ सामाग्रीहरुको वितरण सुरु गरेको छ ।

मानवधर्मको लागि रगत,पसिना र आंशुमा हाम्रो साथूभन्ने नाराका साथ कोरोना महामारीको बेला भोकमुक्त समाज निर्माण गरी कुनै जरुरतमन्द र गरिब एक दिन पनि भौकै रात नकाटोस् भने उद्देश्य लिएर भोजन वितरण सुरु गरेकोे फाउन्डेसनका अध्यक्ष एवं युवा समाजसेवी ईन्जिनियर सचित्र सहनीले बताउनुभयो । फाउन्डेसनका भोलेन्टिएर अभिषेक यादव,राम बिनय प्रजापति, सचिन गुप्ता,अजय साह,अजय यादव,शक्ति सर्राफ ,सुरज गुप्ता ,बिबेकानन्द सहनी लगायतले बिरगंज स्थित बसपार्क, नारायणी हस्पिटल,र बिरगंज भन्सार तथा नगर भित्रका विभिन्न ठाउँहरुमा प्रत्येक दिन करिब २ सयदेखि ३ सय जना लक्षित व्यक्तिहरुलाई भोजन गराउँदै आएको फाउन्डेसनका अध्यक्ष सहनीले जानकारी दिए।

सहनीले संस्थाको तर्फबाट आर्थिक सहयोग गर्ने सहयोगी हातहरु तथा यस किसिमको पवित्र कार्यमा साथ र सल्लाह दिने सर्लाहीको बलरा नगरपालिका वडा – ५ अर्नाहा निवासी सुजित कुशवाहा, अजय प्रसाद चौधरी,कृष्ण मोहन सहनीलाई धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया