गौशाला । कोरोना महामारीको विपदको समयमा महोत्तरी क्षेत्र नं. ४ का जनप्रतिनिधीहरु सर्वसधारणको जीवन रक्षार्थका निम्ति जुटदै आईरहेका छन । पछिल्लो समयमा आएर उहाँहरु अन्य विकास निर्माणको कामकाज छाडि जनमानसलाई सचेतना वाडदै उनीहरुको व्यवस्थापनमा जु्टेका छन । प्रस्तुत छ, यसै सन्दर्भमा रेडियो रुपान्तरणद्धारा प्रसारित रुपान्तरण विमर्शमा गरिएको कुराकानीको सम्पादित अंश……
राजकुमार यादव
अध्यक्ष, सोनमा गाँउपालिका
आफुहरु जनमानसमा गई कोरोनाबाट बच्ने उपायहरुको सन्दर्भमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको छु । सरकारीस्तरको सेवा सुविधा यहाँका जनतालाई पच्दैन । अधिकांश निजीतर्फ आकर्षित भएका छ ।
गाँउपालिकालाई कोरोनाबाट बचाउन तथा आवश्यक व्यवस्थापन गर्नका निम्ति एक पालिकास्तरीय समिती गठन गरेका छौ । वडा नं. ६ को अध्यक्ष श्याम राय यादवको संयोजकत्वमा गठित सो ७ सदस्यीय सदस्यहरुमा वडाअध्यक्षद्व अशोक कुमार यादव, पुलिन्द्र यादव रहेका छन । त्यस्तै सो टोलीमा मेडिकल पर्सन, सुरक्षाकर्मीलाई समावेश गरेका छांै । पालिकाले आफनै वडा नं. १ मा कोभिड अस्पताल संचालन गर्ने तयारीमा जुटेका छन । जसको लागि २० लाख रकम छुटयाएको हुँ ।
कौशल कुमार यादव
प्रदेश सभासद
यस महाविपदको घडिमा जनमासनलाई बचाउनु नै जनप्रतिनिधीको परम कर्तव्य रहेको छ । संघीय सरकार र प्रदेश सरकार जनमानसलाई बचाउनका लागि खासै भुमिका आउन सकेको छैन ।
यस घडिमा आफुले आफनो मातहतको प्रदेश सरकारलाई वारम्बार झकझकाउने प्रयास गर्दै आएको छु । आफुहरुले दिएको सल्लाह र सुझाव यहाँका समाजिक विकासमन्त्री नवलकिशोर साहले ग्रहण नगर्दा प्रदेश नं. २ का स्वास्थ्य संस्थाहरुको अवस्था दयनिय छ । जसको कारण सर्वसधारणहरु दुःख भोग्नुपरेको छ । आफुले आफनो निर्वाचन क्षेत्रमा रहि समय समयमा स्थानियपालिकासँग समन्वय गरि जनमानसलाई बचाउने प्रयासमा रहेको छु ।
डा. सुरेन्द्र कुमार यादव
प्रतिनिधीसभा सदस्य / पूर्वस्वास्थ्य राज्यमन्त्रीे
गतबर्ष झै यसबर्ष पनि आफु जनतालाई जोगाउनका लागि निर्वाचन क्षेत्रमै व्यस्त रहेको छु । अहिले आफुले यस विपदको समयमा स्थानियवासीलाई सजग गराउदै आएका छु ।
आफनो संसदीय विकासकोषमाफर्त प्राप्त भएको रकममार्फत उनीहरुलाई निःशुल्क रुपमा स्वास्थ्य उपचारको प्रवन्ध मिलाउदै छु । कोरोना ग्रसितलाई उपचारको लागि दक्ष जनशक्ति र प्राविधीक सहितको व्यवस्थित अस्पताल सेवा संचालन गर्दै आएको छु । केहीदिनमै भौतिक संरचना कार्य निर्माण सम्पन्न भएपछि सो सेवा सुविधा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम : रुपान्तरण विमर्श, १७ ज्येष्ठ २०७८