Tuesday 28th of May 2024

एसईई परीक्षा आन्तरिक मूल्यांकबाट हुने, निर्णय गर्न मन्त्रालयले प्रस्ताव क्याबिनेटमा लैजाने

0 Shares

काठमाडौं ः  यो वर्ष पनि माध्यामिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्यांकनबाट हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाका कारण भौतिक रूपमा परीक्षा सम्भव नभएकाले आन्तरिक मूल्यांकनबाट परीक्षा गर्ने प्रस्ताव क्याबिनेटमा लैजनाने निर्णय गरेको छ ।

‘विद्यालयको मूल्यांकनको आधारमा प्रमाणिकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । मन्त्रालययले यो प्रस्ताब क्याबिनेटमा लैजान्छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘पोहोर एक पटकका लागि मात्र भनेको भएर फेरि क्याबिनेटमा लानुपरेको हो ।’

राष्ट्रिय परीक्षा बोर्डले पनि आन्तरिक मूल्यांकनबाट परीक्षा गर्न मन्त्रालयसँग अनुमति मागेको थियो । गत वर्ष पनि कोरोनाका कारण एसईई विद्यालयको आन्तरिक मूल्यांनबाट भएको थियो । तर विद्यालयले मूल्यांकन गर्दा जथाभावी नम्बर दिएको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया