धनुषामा एक हप्ता थपियो निषेधाज्ञा

ढल्केवर ः धनुषामा पुनः ७ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्यामा कमि आएपनि संक्रमणको चुनौति अझै रहेकोले जेष्ठ १७ गते राति १२ बजेबाट थप ७ दिनका लागि निषेधाज्ञा थप गरिएको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको संयोजकत्मा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णया गरेको छ ।

कोरोनाको दोस्रो लहरमा गएको जेष्ठ १० गते बिहानदेखि जेष्ठ १७ गते राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय आज सोमबार राति सकिँदै छ । यो गरि जिल्लामा तेस्रो पटक निषेधाज्ञाको समयअवधि थप गरिएको छ । जिल्लामा प्रथम पटक बैशाख २१ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

निषेधाज्ञा अवधिमा अति आवश्यकबाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार