गौशाला बजार ः निगौल चौकदेखि मरहा पुलसम्म सडक कालोपत्रे हुने

गौशाला ः महोत्तरीको गौशाला नगरपालिका स्थित निगौल चौकदेखि वजार हुँदै पश्चिम मरहा पुलसम्मको सडक कालोपत्रे हुने भएको छ ।

संघीय सरकारको वजेटमार्फत निर्माण हुने उक्त सडकखण्ड विविध कारणवश अवरुद्ध हुँदै आएकोमा अब निर्वाध रुपमा निर्माण कार्य शुरु हुने भएको छ । सोमबार सो सडकखण्डमा प्रदेशसभा सदस्य भरतप्रसाद साह, सडक डिभिजन कार्यालय मुजेलियाका सहायक ईन्जिनियर बृज किशोर गिरी, निर्माण व्यवसायी जगदिस यादव लगायतका टोलीले अनुगमन गरि विगतमा भएको कमी कमजोरीलाई मनन गर्दै पुर्णरुपमा गुणस्तरीय सडक निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

करिब १ किलोमिटर लम्बाई रहेको यो सडकको चौडाई ८ मिटर र कालोपत्रे ६ मिटर रहने सव ईन्जिनियर गिरीले बताउनुभयो । सडक चौडाईको लामो समयको विवाद समाधान हुन नसकेकै कारण गत साउन महिनामा सम्झौता हुँदा समेत सडक निर्माणको कार्य अगाडि बढन नसकेको निर्माण व्यवसायी जगदिश यादवले बताउनुभयो । भ्याट कटा गरी ९२ लाख ५३ हजार ९ सय ४ रुपैयाँ रहेको सो सडकको कालोपत्रे गर्ने जिम्मेवारी तिरुपति वाला जीले पाएका हुन ।

सडक निमार्णको क्रममा त्रुटिपुर्ण रहेको स्वीकार गर्दै अगामि दिनमा सडक पूर्णरुपमा मापदण्ड अनुसार नै निर्माण हुने प्रदेशसभा सदस्य भरतप्रसाद साहले रुपान्तरण अनलाईनलाई बताउनुभयो । केही दिन अगाडि सडक निर्माण गर्ने सुरसार गरेपछि स्थानियले अवरुद्ध पारेपछि सभासद भरत प्रसाद साहले आफनै पहलमा आज अनुगमन गराउनुभएको हो ।

प्रतिक्रिया