0
Shares
महोत्तरी/ प्रदेश नं २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले प्रदेशसभाको पाँचौ अधिवेशन आज राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गर्नुभएको छ ।
प्रदेश प्रमुख अहिराजले अगामी जेठ २४ गते सोमबार दिनको १ बजेबाट लागू हुनेगरी छैठौँ अधिवेशन आवह्वान गर्नुभएको हो।
यसभन्दा अघि आजै प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेका थिए । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेका थिए ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवका अनुसार बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएकोले अव प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ ।